धरानमा पनि मेयर साम्पाङले राेके ‘आदिपुरूष’ काे प्रदर्शन

काठमाडौं । धरान उपमहानगरपालिकामा पनि भारतीय चलचित्र आदिपुरूषको प्रदर्शनमा रोक लगाइएको छ। उक्त उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक संजालमा स्टाटस राख्दै धरानमा आदिपूरुषको प्रदर्शन नगर्न आग्रह गरेका हुन्।

उनले लेखेका छन्,, ‘धरानमा आदिपूरुषको प्रदर्शन नगर्नु होला ! जय देश !’

यसअघि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले पनि आदिपुरूषसहित सबै भारतीय चलचित्र प्रदर्शन नगर्न हलहरूलाइ पत्राचार नै गरेको छ।

‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने शब्दावली नसच्चिएसम्म काठमााडौं र पोखरा महानगरपालिकाले चलचित्र हलमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाएको हो। मेयर साम्पाङले भने ‘आदिपुरूष’ मात्र प्रदर्शन नगर्न भनेका छन्। अन्य भारतीय फिल्मकाबारेमा बोलेका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here