‘गृहमन्त्री मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ होला, हामीले प्रश्न कसलाई सोध्ने ?’

काठमाडौं । पूर्वी पहाडका जिल्लामा आएको बाढी पहिरोका सन्दर्भमा गृहमन्त्रीको तयारीबारे जानकारी नपाएको भन्दै रास्वपा सांसद मनिष झाले व्यंग्य गरेका छन्।

‘आज पहाड जोखिममा छ भने भोलि तराई र मधेस जोखिममा हुनेछ। तर हामीले गृहमन्त्री र उहाँको तयारीका बारेमा जानकारी पाइराखेका छैनौँ।

सायद उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ,’ उनले भने। ‘तर हामीले प्रश्न सोध्ने कसलाई? जवाफ कहाँबाट अपेक्षा गर्ने? हामी जवाफ चाहन्छौँ। यसका लागि अनुरोध गर्दछौँ।’

सांसद झाले बाढी पहिरोको क्षति न्यूनिकरण, उद्दार र राहतका सम्बन्धमा सरकारले संसदलाई जानकारी गराउन माग गरे।

‘हामीले जनप्रतिनिधि हौं। हामीले पनि जवाफ दिनुपर्छ तर प्रश्न कसलाई सोध्ने ? जवाफ कहाँबाट अपेक्षा गर्ने। जवाफ चाहन्छौ यसका लागि अनुरोध गर्छौं,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here