बजाजले ल्यायो ‘भविष्यवाणी’ अफर, माेटरसाइकल किन्दा दाेहाेराे छुट

काठमाडौं, ५ भदौ । दशैं र तिहार चाडपर्वको उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज भविष्यवाणी ’सार्वजनिक गरेको छ ।

दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि र किने पछि कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने अवसर प्रदान गरेको छ ।

बजाजको भविष्यवाणी क्याम्पेनमा ग्राहकहरुले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमार्फत उनीहरुले १ लाखसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउनेछन् ।

साथै ग्राहकले बजाज मोटरसाइकलको खरिद पश्चात फेरी अर्को स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमा उनीहरुले १ लाखसम्मको नगद छुट पाउने व्यवस्था रहेको कम्पनीले बताएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नु अगाडि नै १ लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्नेछन् ।

यस योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘अफर अन्र्तरगत ग्राहकहरुले मोटरसाइकल खरिद गर्नुभन्दा अगाडि नै सियोर सट डिस्काउन्ट थाहा पाउनेछन् साथै खरिद गरेपछि फेरि नगद छुट प्राप्त गर्नेछन् । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here