‘एमाले र माओवादीको एकता घोषणा गर्दा हतार गरिएछ, त्यतिबेला मोर्चाबाट जानुपर्थ्यो’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा गठनको बेलामा पार्टी एकताको लागि आफूहरुले हतारो गरेको बताएका छन् ।

पाँच वर्षअघि नेकपा घोषणा गरिएकै हलबाट समाजवादी मोर्चा घोषणा गरिएपछि सम्बोधन गर्दै उनले त्यतिबेला पार्टी एकता गर्ने हतारो गरिएको बताएका हुन्।

प्रचण्डले नेकपा बचाउन नसकेकोप्रति आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए । उनले भने, ‘हामीले कहाँ त्रृटि गर्‍यौं, ऐतिहासिक रुपले समीक्षा गरौं । सायद त्यतिबेला पार्टी एकता गर्ने हतारो पो गरेछौं कि ? हामीले त्यतिबेला नै मोर्चाबाट काम सुरु गरेर छलफल गर्दै गएर एकतामा पुग्ने उद्देश्यले गएका भए सफल हुन्थ्यो कि ? यो सोच्नुपर्ने प्रश्न छ ।’

२०७५ जेठ ३ गते गठन भएको नेकपा २०७७ फागुन २३ गते सर्वोच्च अदालतको एक फैसलाले भंग भएको थियो। त्यतिबेला नेकपाभित्र विवाद उत्कर्षमा पुगेकाले नेताहरुले पुनः एकतामा उभिन भने सकेका थिएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here