मेहेलेमा जात हेर्‍याे त्यतै पहिरो, बेपत्ता केशरको शव भेटियो

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ । साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको निधन भएको छ । झन्डै तीन सय परिवार विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित ठाउँमा सारिँदै छ ।

सयौँ वर्षदेखि मानव बस्ती रहेको मेहेले गाउँमा जताततै पहिराे गएकाे छ । पहिरोका कारण अहिलेसम्ममा यो गाउँमा तीन जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता छन् ।

घाइते हुनुभएका राजकुमार राईको अवस्था गम्भीर छ । उहाँलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ । पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिएका थिए ।

जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता भएका थिए । मेहेलेकाको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन् । मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा पहिरोले छ घरलाई बगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here