ब्रोकर लाइसेन्स प्रक्रिया सूचारु गर्न अर्थ समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया सूचारु गर्न निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकबाट अघिल्लो निर्णय सच्याउँदै ब्रोकर लाइसेन्स सूचारु गर्न निर्देशन दिएको छ ।

समितिले ब्रोकर अनुमति प्रक्रियाबारे परेको उजुरीको आधारमा धितोपत्र बोर्डसंग स्पष्टीकरण मागेको थियो। यसअघि जेठ २९ मा बसेको बसेको समितिको बैठकले तत्काललाई स्टक ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्सको प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

साथै, समितिले बोर्डका पदाधिकारीहरुलाई छलफलमा समेत बोलाएको थियो । मंगलबार बोर्ड अध्यक्ष रकेश कुमार हमालसहित भएको छलफलपछि अर्थ समिति यसअघिको आफ्नै निर्णयबाट पछि हट्दै लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

अर्थ समितिले जेठ ७ गते धितोपत्र बोर्डलाई पत्र लेख्दै नयाँ स्टक र ब्रोकर लाइसेन्स वितरण तथा अर्थ समितिले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे जानकारी मागेको थियो ।

धितोपत्र बोर्डले अर्थसमितिलाई जेठ १२ गते जवाफ पठाए पनि बोर्डलाई बैठकमा बोलाएरै जवाफ लिनुपर्नेमा सांसदहरूले बताएका थिए । साेही अनुसार आज बोर्ड अध्यक्ष हमाल आफैं समितिको बैठकमा गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here