स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयले भन्यो -‘स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब-भत्ता आफैं व्यहोर्नू’

काठमाडौं । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता आफै व्यवस्था गर्न परिपत्र गरेको छ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ७ बुँदे परिपत्र गर्दै संघीय सरकारलाई आर्थिक भार परेको भन्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलबभत्ता आफैं व्यवस्था गर्न स्थानीय तहहरुलाई आग्रह गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयले ५, १० र १५ शय्याका अस्पतालहरुको दरबन्दीको नमुना तयार भएको र उक्त दरबन्दी नेपाल सरकारबाट हालसम्म स्वीकृत नभएको जनाउँदैं संघीय सरकारमा आर्थिक भार नपर्ने गरी जनशक्ति व्यवस्थापन गर्न भनेको छ।

‘नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भइनसकेको हुँदा संघीय सरकारमा आर्थिक भार नपर्ने गरी पालिकाको आवश्यकता र आर्थिक स्रोत हेरी कर्मचारीसँगै तलब, भत्ता र अन्य सुविधाहरुको व्यवस्थापन पालिकाबाटै गर्नू,’ स्वास्थ्यको परिपत्रमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here