नेपालले पायो २०८ रनको लक्ष्य, सन्दीप लगातार विकेटविहीन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत नेपालविरुद्धको खेलमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।

जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदा अलआउट भयो।

नेपालविरुद्ध अमेरिकाका सयन जहाँगिरले शतक प्रहार गरे । अन्तिमसम्म अविजित रहेका उनले ७९ बलमा १० चौका र तीन छक्का प्रहार गरे । सुशान्त मोदनीले ४२ रन थपे । यसअघिको खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका गजानन्द सिंह भने २६ रनमै पभेलियन फर्किए । जेस्सी सिंहले १२ रन जोडे ।

अमेरिकालाई सामान्य स्कोरमा रोक्न नेपालका करण केसी एक्लैले चार विकेट लिए। करण केसी आफ्नो नवौ ओभरमा १७ रन खर्चे। करणले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन दिएर ४ विकेट लिए।

एकदिवसीय खेलमा सर्वाधिक छिटो सय विकेट लिने कीर्तिमान बनाएका सन्दीप लामिछाने पछिल्ला दुई खेलमा विकेटबिहिन बने। नेपालका लागि लगातार ३३ खेलमा विकेट लिएका सन्दीपले अमेरिकाविरुद्ध १० ओभरमा ५८ रन खर्चिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here