बागलुङमा भीरबाट पाँचसय मिटर तल खस्यो जीप, दुई जनाको मृत्यु

काठमाडौं । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान ८ बजे गलकोटबाट सदरमुकाम जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका- ५ ठूलढुंगामा दुर्घटना भएको हो।

मृत्यु हुनेहरूमा कुश्मा नगरपालिका-१ बागलुङ २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका-१० राङखानी घर भइ बागलुङ नगरपालिका-२ श्रीनगर बस्ने दुर्गा पौडेल छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here