चलचित्र ‘परस्त्री’ लाई प्रदर्शन अनुमति दिन अस्वीकार

काठमाडौं । चलचित्र सेन्सर बोर्डले असार १५बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परस्त्री’ लाई प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ। फिल्ममा बोल्ड तथा हिंसात्मक दृश्यहरू भएको भन्दै बोर्डले प्रदर्शन अनुमति नदिएको हो। सुरज पाण्डेको डेव्यु निर्देशन रहेको फिल्ममा शिल्पा मास्के र गौरवको मुदको मुख्य भूमिका छ।

कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको पनि फिल्ममा महत्वपूर्ण अभिनय छ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको फिल्मको निरज कँडेलले छायांकन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here