काठमाडौंमा प्लास्टिकका फूलका गुच्छा बेच्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकामा प्लास्टिकका फूलका गुच्छा बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन साहले यस्तो घोषणा गरेका हुन्।

आगामी साउन १ गतेदेखि प्लास्टिकका फूलगुच्छा र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा रोक लगाइने मेयर साहले बताए। उनले भने, ‘प्लास्टिकको फूलगुच्छा बिक्री वितरण र आयातका साथै ४० माइक्रोन भन्दा पातला प्लास्टिकको झोलालाई प्रयोगमा प्रतिबन्ध लगाईनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here