यस्तो छ विदेशी मुद्राको विनियम दर, यूरोको भाउ १४३ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारको विदेशी विनिमय दरभाउ तोकेको छ। जस अनुसार अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ।

यूरो एकको खरिद दर १४३ रुपैयाँ १ पैसा र बिक्री दर १४३ रुपैयाँ ६६ पैसा रहेको छ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा,,दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३३ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ १ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४४ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here