प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो ।

प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत् भनेकी -‘दुई नेताबीच समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धी रक्षाबारे गम्भीर छलफल भएको छ।

‘समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल,’ गंगाले फेसबुकमा लेखेकी छन्।

सोमबार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा समेत सम्मेलित समाजवादी मोर्चा घोषणा भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here