आज कृष्णजन्माष्टमी, देशभर धुमधामसँग मनाइदै

काठमाडौं, ६ भदौ । भदौ ६ गते अर्थात आजको दिनलाई हिन्दु धर्मावलम्वी तथा भगवान कृष्णका भक्तहरुले कृष्णजन्माष्टमीको रुपमा देशभर धुमधामसँग मनाईरहेका छन् ।

भगवान श्री कृष्णको आजकै दिनमा उनका मामा कंशले कैद बनाएर राखेका बुबा वासुदेव र आमा देवकीको कोखबाट जन्म भएको भन्ने मान्यता अनुसार यो पर्व मनाईदै आएको पाईन्छ ।

यो पर्व देशभर रहेका कृष्ण भगवानको मन्दिरमा कृष्णको नाममा ब्रत बसेका भक्तजनहरुले कृष्णको पुजा गर्ने, कृष्ण चरित्रको वर्णन गर्ने तथा कृष्णको महिमा गाँउदै मनाईने गरिन्छ ।

ज्योतिषशास्त्र अनुसार सूर्य ग्रहबाट भगवान राम अवतार, मंगल ग्रहबाट नृसिंह अवतार चन्द्र ग्रहबाट कृष्णको जन्म भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here