वेस्टइन्डिजविरुद्धको खेलमा नेपाल १०१ रनले पराजित

काठमाडौं । आईसीसी विश्वकप ग्लोबल छनोटअन्तर्गतको वेस्टइन्डिजविरुद्धको खेलमा नेपाल १०१ रनले पराजित भएको छ । हाररे मैदानमा बिहीबार भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले नेपाललाई ३४० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा २३८ रनको योगफल बनाउँदै सबै विकेट गुमायो । जवाफमा ब्याटिङमा उत्रिएको नेपालले ५०औं ओभरको चौथो बलमा अलआउट हुँदै २ सय ३८ रन मात्रै बनायो ।

पहिलो इनिङमा बलिङमा उत्कृष्ट सुरुआत गरको नेपालले वेस्ट इन्डिजका कप्तान शाही होप र निकोलास पुरानबीचको शाझेदारि तोड्न नसक्दा बिशाल योगफल पाएको थियो ।

होपले पुरनसँग २ सय १२ रनको साझेदारि गर्दै सर्वाधिक १ सय ३२ रनको योगदान गरेर पभेलियन फर्किए । उनले ललित राजवंशीको बलमा भिम सार्कीबाट क्याच आउट हुनु अघि१ सय २९ बल खेल्दै १० चौका र तीन छक्का प्रहार गरे ।

पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रन जोडेर दीपेन्द्र सिंह ऐरीको बलमा क्याच आउट भए । ओपनर ब्रान्डन किङ ४२ बलमा समान २ चौका र छक्कासहित ३२ रनमा आउट हुँदा, रोभमन पोवेल २९ रनमा आउट भए । जासोन होलर १६ रनमा अविजित रहे ।

नेपालको बलिङमा ललित राजवंशीले १० ओभरमा ५२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

नेपालको ब्याटिङमा आरिफ शेखले सर्वाधिक ६३ रन जोडे । गुलशन झाले ४२ रन योगदान गर्दा कप्तान रोहित पौडेल ३० रन, आसिफ शेख २८ रन, दीपेन्द्रसिंह ऐरी २३ बनाएर पभेलियन फर्कँदा करण केसी २८ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका जासन होलरले सर्वाधिक ३ विकेट लिए । भने, अलजारी जोसेफ, किमो पल र एकिल होसियनले दुई–दुई विकेट लिए । केल मायर्सले १ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here