गोरखामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान सवा एक बजे दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेहरूमा ४ जना पुरूष र १ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको पहिचान भइसकेको छैन। दुलाहा र दुलही भने दुर्घटना भएको गाडीमा सवार थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here