ओखलढुंगाको चम्पादेवीमा पहिरो, तीन जनाको मृत्यु

फाइलफोटो

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङ रहेका छन् ।

सोही घरका अर्का एक सदस्य १० वर्षीय दिनेश गुरुङ बेपत्ता छन् । उनको खोजी जारी छ ।

पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि भत्किएको छ । सो घरका सदस्यहरुले भागेर ज्यान जोगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here