सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुनी वायु पश्चिमतर्फ फैलने क्रममा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भारी वर्षा र मेघ-गर्जन/चट्याङ्ग का कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

त्यस्ती सडक तथा हवाई यातायात, कृषी, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने महाशाखाको आकलन छ।

राति कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

नवलपरासी, रूपन्देही, पाल्पा, कैलाली र आसपास केही स्थानमा पनि भारी वर्षा भएको छ । उक्त स्थान आसपास भई बहने साना नदीहरूमा आकस्मिक बाढी आउनुको साथै होचा स्थानमा डुवान हुन सक्ने नेपाल फ्ल्ड अलर्टले जनाएको छ । आउँदो ६ घण्टा सतर्क रहन आग्रहसमेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here