राजस्थान जाँदै गरेको बस धादिङको गल्छीमा दुर्घटना

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा भारतीय यात्रुवाहक बस दुर्घटना भएको छ ।

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको एआर ०६ ई ७०३१ नम्बरको भारतीय यात्रुवाहक बस गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर सडकमै पल्टिएको हो । दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुने अन्दाजी १३/१४ वर्षीया किशोरी हुन् । उनको परिचय खुलेको छैन ।

दुर्घटनामा ३० यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ । घाइतेमध्ये १९ जनाको अवस्था सिकिस्त छ ।

राजमार्गमै पल्टिएको बसलाई छेउलगाएपछि अवरुद्ध भएको सडक अहिले नियमित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here