प्रधानमन्त्री दाहालले भने ‘यस बर्ष मल अभाव हुँदैन् ‘

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस बर्ष मल अभाव नहुने बताएका छन् । संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा उनले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् ।

कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएकोभाव नहुने बताएका हुन् । साथै ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे ।

साथै यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिक टन भित्रिने भन्दै उनले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here