ठूलो परिमाणको लागूऔषध ‘एलएसडी’ भित्र्याउने र बिक्री वितरण गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३० पिस एलएसडीसहित १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू विदेशी नागरिकहरूमा भारत विहारका २७ वर्षीय हेमन्त कुमार भगत, २८ वर्षीय रामभजन भन्ने सञ्जीव कुमार, ६३ वर्षीय टर्किस नागरिक पउल वेर्स्ट, चेक रिपब्लिका ३२ वर्षीय मार्टिना सेर्ना र इटालियन नागरिक ३४ वर्षीय डेभिड मिनाडिओ रहेका रहेका छन् ।

नेपाली नागरिकहरूमा राप्ति नगरपालिका-७ चितवनका २९ वर्षीय महेश चौधरी, काठमाडौंको चन्द्रागिरी नगरपालिका-८ का २९ वर्षीय सुगम मैनाली, काठमाडौं महानगरपालिका-१८ का ४२ वर्षीय मुखिया गुरूङ, विराटनगर महानगरपालिका-१२ का ३६ वर्षीय बच्चन भन्ने राज गौतम, रूबीभ्याली गाउँपालिका-२ का ४२ वर्षीय दावा तामाङ र वडा नम्बर ३३ वर्षीय नुरबहादुर तामाङ र भद्रपुर नगरपालिक-४ झापाका २४ वर्षीय सुमन लिम्बू रहेका छन्।

काठमाडौंको बुढानिलकण्ठ, मकवानपुरको चित्लाङ र ठमेलको एक क्लबमा ट्रान्स पार्टी आयोजना भएको सुइको पाएपछि प्रहरीले गिरोहको खोजी गरेको थियो । नेपालमा बरामद एलएसडीको बजार मूल्य दुई करोड रुपैयाँभन्दा बढी छ ।

प्रहरीको अनुसार ‘एलएसडी जिब्रोमा राखेपछि आफैं बिलाउँछ र घण्टौंसम्म झुम्म बनाउँछ । यति ठूलो परिमाणमा यो ड्रग्स यसअघि नेपालमा बरामद भएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here