महभीरमा ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभीरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ।

शनिबार रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भीरबाट सडकमा ढुंगा खसेर पुरिएको हो। अवरुद्ध सडक खुलाउनका लागि जेसीबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्युरेले जानकारी दिए।

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारी साधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारी साधन डिमुवामा रोकिएका छन्।

अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। ठूलो वर्षाका कारण केही ग्रामीण सडरुमा समेत आवतजावत बन्द भएको छ।

– रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here