नेपालको विश्वकप सपनामा पूर्णविराम, सुपर सिक्स पुग्न पनि असफल

काठमाडौं । जिम्बाबेमा जारी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालको विश्वकप सपनामा पूर्णविराम लागेको छ ।

यदि आज नेदरल्यान्ड्सलाई पराजित गरेको खण्डमा नेपाल सुपर सिक्स पुग्ने समीकरण थियो । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना पनि सकिएको छ।

शनिबार जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र ब्याटिङ दुवैमा खराब प्रदर्शन गरेको नेपाललाई नेदरल्यान्ड्सले ७ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो।

नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ विकेट गुमाएर २७.१ ओभरमै पूरा गर्‍यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here