साफ च्याम्पियनसिप: नेपाल समूह चरणबाटै बाहिरियो, भारतसँग फेरि पराजित

काठमाडौं । नेपाल बैंग्लोरमा भइरहेको साफ च्याम्पियनसिप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ ।

भारतसँग २-० ले पराजित हुँदा नेपालको अगाडि बढ्ने यात्रा रोकिएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले १-१ गोल गरे ।

पहिलो हाफमा नेपालले राम्रो प्रदर्शन गर्दै अवसर सिर्जना गरेपनि अग्रता लिन सकेन । नेपालले पहिलो खेलमा कुवेतसँग ३-१ को हार बेहोरेको थियो । भा नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएको थियो ।

समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत र आमन्त्रित कुवेत समान ६ अंक बटुल्दै सेमिफाइनलमा पुगेका छन् । अंकविहीन नेपाल र पाकिस्तान बाहिरिएका छन् । अन्तिम खेलमा नेपाल र पाकिस्तान खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here