‘एउटा असफलता यात्राको अन्त्य होइन, सोचेजस्तो नभएपनि टिमको मेहनत कमजोर थिएन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइसिसी विश्वकप छनोट खेलमा नेपाली टोलीको प्रदर्शन कमजोर नभएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले सोचेजस्तो नभएपनि नेपाली टोलीको मेहनत कमजोर नभएको बताउँदै निराश नहुन आग्रह गरेका छन्।

,उनले भनेका छन्, ‘मेहनत जननी हो भने परिणाम शिशु। कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम !’

आफूले खेल मोबाइलबाट लाइभ हेरेको उल्लेख गर्दै नेपाल फर्केपछि टोलीसँग सँगै खाना खानेगरि भेटौला भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here