‘राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक छैन्’

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नभएको बताएका छन्।

प्रतिनिधिसभामा बसेको बैठकमा बोल्दै उनले राष्ट्रपति र उपराष्ट्रपतिले सल्लाहकार राखेर जनताले तिरेको करको दुरुपयोग गरेको आरोप लगाए।

उनले भने, ‘हाम्रोमा राष्ट्रपतिलाई सुरुदेखि नै सल्लाहकार दिँदै आयौँ। भारतमा १५ जना राष्ट्रपति भए तर अहिलेसम्म सल्लाहकार राखेको छैन। अहिले राष्ट्रपति र उपराष्ट्रपतिसँग सम्बन्धित कानुन हेर्दा राष्ट्रपतिका ७ जना उपराष्ट्रपतिका लागि ५ जना सल्लाहका राख्ने प्रावधान भनेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here