फेशन ब्युटी पार्लरको ब्युटिसियन तालिम, महिलालाई स्वरोजगार बनाउने लक्ष्य

`
काठमाडौं, १० असार । फेशन ब्युटी पार्लर एण्ड ट्रेनिङ सेण्टरले नवलपरासी र रुपन्देहीमा व्यावसायिक ब्युटिसियन तालिम सञ्चालन गरेको छ । स्वरोजगारमूलक तालिम नवलपरासीको वर्दघाट र रुपन्देहीको मणिग्राम र योगिकुटीमा करिब ३ सय महिला तथा युवतीहरुलाई केश श्रृंगार, ब्युटिसियन, व्यवसाय सञ्चालन तथा मोटिभेशन सम्बन्धी तालिम तथा सीप प्रदान गरिएको हो । पछिल्लो तालीम शुक्रबार सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

तालिममा रसिया हेयर स्टाइल, माइक्रो ब्लाइडिङ तथा आईलिफ्टिङ, नेल आर्ट तथा प्रोफेशनल मेकअपसम्बन्धी सीप समेत सिकाइएको थियो ।
बेरोजगार महिलाहरुलाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले दुई जिल्लाका तीन स्थानमा सप्ताहव्यापि कार्यक्रमको आयोजना गरिएको कम्पनीकी प्रवन्ध निर्देशक गीता शर्मा ढकालले बताइन् । उनका अनुसार नेपाल तथा भारतका वरिष्ठ ब्युटिसियनहरुले स्वरोजगार बन्न चाहने महिलाहरुलाई सीप सिकाएका थिए ।

मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेण्टरकी ब्युटी एक्सपर्ट गीता गिरी, फेशन ब्युटी पार्लरकी गीता शर्मा, भारतका केशसज्जा विज्ञ विनय कुमार र आईसीएएल इण्डियाकी स्मिता शर्माले उनीहरुलाई तालिम दिएका थिए ।

काठमाडौं तथा भारतमा लिन सकिने गुणस्तरीय तालिम आफ्नै शहरमा उपलब्ध हुनु एक राम्रो अवसर भएको तालिमका सहभागीहरुले बताएका थिए । तालिम कार्यक्रमलाई टिम्बर होम नेपालले पनि सघाएको थियो । टिम्बर होमका पुकार शर्माले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत युवा स्वरोजगारीसम्बन्धी कार्यक्रममा सघाएको बताए ।

यसैबीच, फेशन ब्युटी पार्लरले रुपन्देहीको एनजी मार्केटमा नयाँ शाखा खोल्ने तयारीसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here