काठमाडौंको स्वीमिङ पुलमा डुबेर १ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित शुभ श्री व्यांक्विट ब्लु हेमनको स्विमिङ पुल (पौडी पोखरी)मा डुबेर एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी का १९ वर्षीय प्रभाश अधिकारी रहेका छन्। उनको शनिबार दिउँसो मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल उपचार गराइएको थियो।

त्यहाँबाट रेफर गर्दै सिभिल अस्पताल बानेश्वरमा थप उपचारका लागि पठाइएमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का एक युवकको अवस्था गम्भीर छ। दोलखा घर भइ मुलपानी बस्ने १९ वर्षीय सुरेन्द्र दाहालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। । उनको केएमसी केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here