मेयर बालेनविरुद्धको अवहेलनाको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलनाको मुद्दा हेर्न नभ्याइने भएको छ ।

उक्त निवेदनको सुनुवाइ पेसी न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा परेको थियो । इजलासले उक्त निवेदन हेर्न नभ्याउने हुँदा स्थगित गरेको छ ।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here