‘उपचार सित्तैमा हुन्छ भनेर राष्ट्रपति चुनेको हुन् कि के हो ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले राष्ट्रपति रामचन्द्र पौडेललाई सित्तैमा उपचार हुन्छ भनेर चुनेको आरोप लगाएका छन् ।

आईतवार प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग सांसद सिंहले भने,‘विरामी राष्ट्रपतिहरु यो देशले पाईराखेको छ । उहाँहरुको स्वास्थ्य उपचारको लागि पहिलाबाट पनि करोडौं खर्च भइराखेको थियो अहिले पनि छन् रोगी नै छन् । रोगीलाई उपचार सित्तैमा हुन्छ भनेर राष्ट्रपति चुनेको हुन् कि के हो ?’

सांसद सिंहले उपराष्ट्रपति या राष्ट्रपतिले पाउने सुविधामा ठूलो खर्च राखेको भन्दै आपत्ति जनाए । राष्ट्रपतिबाट देशको लागिभन्दापनि पार्टीको लागि मात्र काम भएको उनको आरोप छ । अहिलेसम्म एउटा पनि राष्ट्रपति जनताप्रति जवाफदेहिता नभएको भन्दै गणतन्त्रमा राष्ट्रपतिसँग भएको सिस्टमले धेरै दिन नटिक्ने टिप्पणी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here