हर्क साम्पाङलाई बालेनले भने – ‘सुखमा सबै साथ होलान्, दुःखमा हामी सधैँ हुनेछौँ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफू दुःखमा साथ दिन तयार टिप्पणी गरेका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले कोकाहाको पानी ल्याउँदा सबैले बधाई दिएको तर धरानका राजनीतिक दले उल्टै मुद्दा हालेको गुनासो गरेपछि काठमाडौंका मेयर बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

मेयर साम्पाङले लेखेका छन्, ‘पसिनाको भेल बगाएर अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाइ दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नू ।’

धरानका मेयर साम्पाङको पोस्टमा प्रतिक्रिया जनाउँदै बालेन आफू दुःखमा साथ दिने बताएका हुन् ।

‘केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर, केही फरक पर्दैन । तपाईं यति अगाडि पुगिसक्नु भो कि, पछाडि जसले जे बोले पनि फरक पर्दैन । सुखमा सबै साथ होलान्, दुःखमा हामी छौँ, म छु, सधैँ हुनेछौँ,’ बालेनले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here