कांग्रेसको सदस्यता वितरण अब अनलाइनबाट

काठमाडौं । नेपाली कांग्रेसले सदस्यता वितरणलाई सहज बनाउने तयारी गरेको छ। पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको हो।

अनलाइनबाट भरेको फारम वडादेखि केन्द्रसम्मका ७ तहमध्ये पार्टीको कुनै एक तह समितिले स्वीकार्छ र सदस्यता दिन्छ।

वडा, गाउँपालिका, प्रदेश र संघ क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रीय कार्यसमिति गरी सात तहमा संगठन संरचना छ। २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ८२ हजार क्रियाशील सदस्य थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here