दीपक अग्रवाल बने बतास एमएडब्लुको सीइओ

काठमाडौं । बतास एमएडब्लुको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपक अग्रवाल नियुक्त भएका छन् । अग्रवाललाई कम्पनीले औपचारिक रूपमा असार १० गतेदेखि सीइओमा नियुक्त गरेको हो ।

अग्रवाल जगदम्बा मोटर्स छिर्दा कम्पनीले बिक्री गरिरहेको ब्रान्ड महिन्द्रा टु ह्वीलर्स मात्रै थियो। अग्रवालले टीभीएसमा ८ वर्ष काम गरेका थिए।

अहिले टीभीएस नेपाली बजारमा दोस्रो दुई पाङ्ग्रेमा स्थापित छ। यस्तै जगदम्बाले फो ह्वीलर्स पनि बिक्री गर्दै आएको छ। अग्रवालसँग त्यसको पनि अनुभव छ।

अग्रवाल नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कार्यसमिति सदस्य समेत हुन्।