बच्चाहरु धेरै चकलेट खान्छन् ? यसरी हटाउनुस् उनीहरुको बानी

बच्चाहरुलाई चकलेट, मिठाई तथा गुलियो कुराहरुबाट टाढा राख्नु प्राय असम्भव नै हुन्छ ।

चकलेट वा कुनै गुलियो खानेकुरा देख्ने वित्तीकै बच्चाहरु आफ्नो सम्पुर्ण शक्ति प्रयोग गरेर ती खानेकुरा खाने प्रयास गर्छन् । जबसम्म त्यो खानेकुरा सकिदैन् उनीहरुको एकमात्र उद्देश्य ती खानेकुरा खानेमात्र हुन्छ ।

धेरै आमाबुबाहरु धेरै चकलेट खादाँ दाँत किराले खान्छ वा अन्य प्रकारका कुराहरुबाट आफ्नो बच्चालाई गुलिया खानेकुराबाट टाढा राख्ने प्रयास गर्छन् । तर यो कुरा वा प्रयास प्राय असफल नै हुन्छ ।

बच्चाहरुले सामान्य भन्दा धेरै मात्रामा चकलेट र गुलिया खानेकुरा खादाँ उनीहरु मोटोपनका साथसाथै विभिन्न प्रकारका रोगको सिकार हुने सम्भावना धेरै हुन्छ । यसकारण आमाबुबाले आफ्ना छोराछोरीको खानपानसँग जोडिएको कुरामा विशेष ध्यान दिनुपर्छ ।

बच्चाहरुलाई स्वस्थ र फुर्तिलो बनाईराख्नको लागि गुलिया खानेकुराबाट टाढा राख्दै स्वास्थ्यवद्र्धक खानेकुरा खुवाउनुपर्छ ।

यसरी कम गर्न सकिन्छ धेरै चकलेट खाने बानी

१. गुलिया खानेकुरा बच्चाबाट टाढा राख्ने

बच्चालाई गुलियो खानेकुराबाट टाढा राख्नको लागि सबैभन्दा पहिले घरमा भएका गुलिया खानकुरा बच्चाले भेट्ने ठाउँबाट टाढा राख्नुपर्छ ।

चिनी, बिस्कुट, मिठाईमा मात्रै नभएर जुसहरुमा पनि धेरै मात्रामा गुलियो हुन्छ । त्यसकारण यस्ता खानेकुरा बच्चाहरु भोक लागेको समयमा धेरै खाने गर्छन् ।

२. बच्चालाई नयाँ खानेकुरा दिनुहोस्

बच्चालाई गुलिया खानेकुराहरुबाट टाढा राख्नको लागि उनीहरुलाई नयाँ नयाँ खानेकुराहरु खानदिने गर्नुपर्र्छ । यस्तो गर्दा बच्चाहरुमा पनि नयाँ खानेकुरा खाने बानीको विकास हुने गर्छ र उनीहरु गुलियो खान कम गर्छन् ।

अरु केही नभएमा सधैं खाईरहेको काक्रो, गाँजर जस्ता खानेकुरालाई अन्य दिनभन्दा भिन्न तरिकाले काटेर दिएमा पनि उनीहरु त्यही कुरामा भुलिने गर्छन् ।

३. आफ्नो खानामा पनि गुलिया खानेकुरा टाढा

आईसक्रिम तथा अन्य प्रकारका गुलिया खानेकुरा तपाईंको पनि मनपर्ने भोजन हुनसक्छ । तर, बच्चाले धेरै कुरा देखेर नै सिक्ने भएको कारण तपाईंले गुलिया खानेकुरालाई ध्यान नदिएको, नमिठो खानेकुरा भन्नेजस्तो व्यवहार गरेमा बच्चाहरु पनि त्यस्ता खानेकुराबाट टाढा बस्छन् ।

४. बच्चालाई धेरै प्रोटिन भएको खानकुरा दिने

बच्चाहरुको मांशपेसिको विकासको लागि प्रशस्त मात्रामा प्रोटिनको आवश्यकता पर्ने भएको कारण बच्चाहरुको खानामा प्रोटिनको स्रोत धेरै भएको खानेकुराहरु राख्नुपर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here