‘जिल्ला निर्वाचन कार्यालयसम्बन्धी निर्णय खारेज नभए प्रतिरोध गर्छौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालयसम्बन्धी निर्णय खारेज नभए प्रतिरोध गर्ने चेतावनी दिएको छ।प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले लोकतन्त्रमाथि षड्यन्त्र भएको बताए।

‘सरकारलाई भन्न चाहन्छु यो त्रुटिलाई सच्याउनुस्। यो निर्णयलाई खारेज गर्नुस्। यो खारेज गरे लोकतान्त्रिक व्यवस्था सफल हुन्छ। अन्यथा यसो गरिदैन भने रास्वपा यो संविधान भित्र रहेर गर्न सक्ने सम्पूर्णविरोध र प्रतिरोध गर्नेछौं,’ उनले भने।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण मतहतले प्रस्तुत गरेको बजेटले निर्वाचन कार्यालयहरू खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here