साउदी क्लब अल हिलाल पुगे कौलीबाली

एजेन्सी । युरोपियन फुटबल छोडेर चेल्सीका कालिडोउ कौलीबाली साउदी प्रो लिगमा अनुबन्ध भएका छन् । सेनेगलका रक्षक कौलीबालीलाई अल हिलालले अनुबन्ध गरेको हो ।

चेल्सीले कौलीबालीलाई चारवर्षे सम्झौतामा अनुबन्ध गरेको थियो । तर, सेनेगलका रक्षकले स्टाम्फोर्ड ब्रिजमा आशातित छाप छोड्न असफल रहे ।

उनले चेल्सीका लागि सबैखाले प्रतियोगितामा गरी ३२ खेल खेले । यसअघि, चेल्सीकै एन्गोलो कान्टे पनि साउदी प्रो लिगकै क्लब अल इतिहादमा अनुबन्ध भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here