दोहोरो अंकले बढ्यो नेप्से, पाँच कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७९ कम्पनीको ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार घटेको छ । त्यसदिन ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य कम्पनीको शेयरमूल्य ९.५० प्रतिशत भन्दा बढीले बढेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको धेरै कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here