बालेनविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याउने’ सूचीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालतको अवहेलना मुद्दा आज पनि स्थगित भएको छ । न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएपनि हेर्न नभ्याउने सूचीमा परेको हो ।

महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् ।उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here