काठमाडौं महानगरले ७५ वर्ष नाघेका र पूर्ण अपांगता भएकालाई भत्ता दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७५ वर्षमाथिका नागरिकलाई वार्षिक १२ हजार र पूर्ण अपांगता भएकालाई वार्षिक तीन हजार रुपैयाँ पोषण भत्ता दिने भएको छ ।

भत्ता लिनका लागि असार १७ गतेभित्र विवरण पठाउन महानगरले सूचित गरेको छ । कागजात पेस गरेसँगै लाभग्राहीले आफ्नो विवरणसहितको फर्म भर्नुपर्ने छ ।

भत्ताबापत रकम बैंकमार्फत मात्रै उपलब्ध गराइने छ । बैंक खाता नभएका नागरिकको खाता खोल्ने व्यवस्था वडा कार्यालयले नै मिलाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here