कोशीका मुख्यमन्त्रीले असार १४ गते विश्वासको मत लिने, फेल गराउने गठबन्धनको निर्णय

काठमाडौं । अल्पमतमा रहेको कोशी प्रदेश सरकारले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वानका गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ।

सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष असार १४ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वानका लागि सिफारिस गरेका हुन्।

विराटनगरमा बसेको गठबन्धन दलको बैठकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मतसम्बन्धी प्रस्ताव ‘फेल’ गराउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का कोशी प्रदेश संसदीय दलका नेता, प्रमुख सचेतक, सांसद तथा पार्टी नेतृत्वको संयुक्त बैठक बसेको हो ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की अल्पमतमा परेका छन् ।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सत्ता छाडेपछि एमाले–राप्रपा गठजोड सरकार अल्पमतमा रहेको छ।

९३ जना सांसद रहेको प्रदेशमा सरकारका लागि ४७ चाहिन्छ। हाल सरकारसँग एमालेका ४० र राप्रपाका ६ सांसदको मात्रै साथ छ।

अर्कोतर्फ, नेपाली कांग्रेस २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४, जसपा १ गरी कुल ४७ सांसद छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here