विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले भारतमा हुने एकदिवसीय विश्वकपको खेलतालिका सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक तालिकाअनुसार आउँदो अक्टोबर ५ देखि प्रतियोगिता सुरु हुनेछ । भारतका विभिन्न १० रंगशालामा सञ्चालन गरिनेछ ।
विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। १० टोली सहभागी प्रतियोगितामा लिगमा एक अर्काले खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलियासँग चेन्नईमा खेल्नेछ । विश्वकप भारतको हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बंगलोर, मुम्बई र कोलकातामा हुनेछ । प्रतियोगिता ४६ दिन सम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here