काठमाडौंमा विवाह मण्डपबाटै बेहुला पक्राउ

काठमाडौं । काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुलालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो सुनसरी घर भएका ३२ वर्षीय अनुराग रौनियारलाई पक्राउ गरेको हो। उनी अमेरिकाको ग्रीन कार्ड होल्डर हुन्।

५० लाख रुपैयाँ दाइजो नपाए विवाह नगर्ने अडान बेहुला पक्षले लिएपछि दुई पक्षबीच विवादको घटना प्रहरीसमक्ष पुगेको हो। विवाह खर्च बापत केटा पक्षले पटकपटक गरी २२ लाख रुपैयाँ बुझिसकेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here