ललिता निवास प्रकरण: पक्राउ परेकालाई म्याद थप गर्न अदालत लगियो

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा विभिन्न भूमिकामा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका उनीहरुलाई हिरासतमा राख्ने अनुमति लिन बुधबार जिल्ला अदालतमा पेश गर्दैछ ।

उनीहरुमाथिको आरोपको विवरण आज बिहानमात्रै प्रहरीको अनुसन्धान ब्युरो सीआईबीले पत्रकार सम्मेलन गरी विवरणसमेत सार्वजनिक गरेको थियो । तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here