बजेटबाट जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय हटाइयो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेटमा उल्लेखित जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय फिर्ता लिएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुखको रोहवरमा भएको सत्तापक्ष प्रतिपक्षबीचको सहमति अनुसार अर्थमन्त्रीले थप स्पष्टीकरण दिँदै निर्वाचन कार्यालय खारेजीको निर्णय फिर्ता लिए लिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा इकाइ रहने निर्णय फिर्ता गरी पहिलेकै जसरी जिल्ला निर्वाचन कार्यालय यथावत रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here