रवि लामिछानेको सांसद पद खारेज माग गर्दै परेको रिट संवैधानिक इजलासबाट खारेज

फाइलफोटो

काठमाडौं । गत वैशाख १० गते भएको उपचुनावबाट चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सांसद रवि लामिछानेको पद खारेजीवको माग गर्दै परेको रिट निवेदन खारेज भएको छ।

बुधबार प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा सुनुवाई भएको थियो । उक्त रिटमाथि यसअघि एकल र संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

लामिछानेको सांसद पद अयोग्यताको बारेमा युवराज पौडेल ‘सफल’ सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा रिट निवेदकको तर्फबाट डा. सुरेन्द्र भण्डारी, स्वागत नेपाल लगायतले बहस गरेका थिए ।

यसअघि नेपाली नागरिकता पुनःप्राप्तिका लागि लामिछाने कार्यविधि पुरा नगरेको भन्दै परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले माघ१३ गते सांसद पद खारेज गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here