बजेट बहुमतबाट पारित, विपक्षमा १०८ मत

काठमाडौं । प्रतिनिधिसभामा २०८०/०८१ को बजेट बहुमतले पारित भएको छ।

मत विभाजन परिणाम सुनाउँदै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्। २५५ उपपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो। विपक्षमा १०८ मत पर्‍यो ।

जुन प्रतिनिधिसभाको बहुमत हो । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो ।

एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here