साफ च्याम्पियनसिपमा सुनिल क्षेत्रीको नयाँ कीर्तिमान

काठमाडौं । भारतीय कप्तान सुनिल क्षेत्रीले साफ च्याम्पियनसिपमा नयाँ कीर्तिमान बनाएका छन् ।

सुनिल साफ च्याम्पियनसिपको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । उनले च्याम्पियनसिपमा हालसम्म २४ गोल गरिसकेका छन् । सुनिलले यसअघि माल्दिभ्सका फरवार्ड अली अस्फाकको नाममा रहेको कीर्तिमान तोडेका हुन् । यसअघि अली अस्फक २३ गोलसहित साफ च्याम्पियनसिपको उच्च गोलकर्ता बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here