‘आदिपुरुष’ लाई लगानी उठाउनै सकस

काठमाडौं । ६०० करोड लगानीमा बनेको भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ‘आदिपुरुष’ लाई लगानी उठाउनै सकस भएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले १२ दिनमा २७८ करोड ९४ लाख भारू कमाएको छ। फिल्मले हिन्दी संस्करणमा १४३ करोड ९६ लाख, तेलुगुमा १२८ करोड ११ लाख र तमिलमा ३ करोड ५४ लाख भारू कमाएको हो।

३०० भारू पर्न टिकटको मूल्य घटाउँदै १५० बनाइएको थियो। टिकटको मूल्य १५० हुँदा पनि दर्शक नआएपछि निर्माण टिमले ११२ भारूमा टिकट दिइरहेका छन्।

तर फिल्मले व्यापारमा गति लिन सकेको छैन। धार्मिक भावना चोट पुर्‍याएको आरोप लागेर विवाद बढ्दै गएपछि निर्माण टिमले फिल्मका चार संवाद परिवर्तन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here