बालेनको निर्देशन-‘निजीका शिक्षकलाई सामुदायिकको स्केलकै आधारमा तलब देऊ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बोर्डिङ शिक्षकहरूलाई सरकारीसरहकै तलब सुविधा दिन सचेत गराएका छन् ।

उनले साे अनुसार तलब नदिए महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । निजी विद्यालयमाका शिक्षकहरुको तलब सामुदायिकको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै मेयर बालेनले बिहीवार सामाजिक सञ्जालमार्फत यस्तो निर्देशन दिएका हुन्।

‘शिक्षा ऐन २०२८ को दफा १२ (७)(छ)मा संस्थागत विद्यालयका शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ,’ उनले भनेका छन्।