योगेश भट्टराईमाथि पहिचानवादीले गरे आक्रमण प्रयास, कालो झण्डा देखाए

काठमाडौं । कोशी प्रदेश नामाकरणको विषयलाई लिएर पहिचानवादीहरुले एमाले सचिव योगेश भट्टराईमाथि आक्रमणको प्रयास गरेका छन् ।

७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईलाई इलाम बजारमा कालो झण्डा देखाएका हुन् ।

पहिचानवादीहरुले योगेश भट्टराई मुर्दावाद, पहिचान विरोध होसियार, कोशी प्रदेश मान्दैनौंलयायतको नारा लगाएका थिए । कोशी नामकरणको विषयमा असन्तुष्ट पहिचानवादीले विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्दै आएका छन् ।‌

प्रदेस सभाबाट गएको फागुन १७ गते कोसी नामकरण गरिएको थियो ।‌

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here